मोदीका आर्थिक सल्लाहकारले भने: भारत गम्भीर आर्थिक संकटमा पुग्यो - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

मोदीका आर्थिक सल्लाहकारले भने: भारत गम्भीर आर्थिक संकटमा पुग्यो



बीबीसी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्वआर्थिक सल्लाहकार अरबिन्द सुब्रमण्यमले भारत गम्भीर आर्थिक संकटमा पुगेको बताएका छन् ।

उनले सन् २०११ देखि २०१६ सम्मको भारतको कुल गार्हस्थ उत्पादन(जीडीपी)को तथ्यांक २ दशमलब ५ प्रतिशत बढाएर सार्वजनिक गरिएको समेत खुलासा गरेका छन् ।

उनले जीडीपीको तथ्यांक अर्थ व्यवस्थाको सम्पन्नताको कुनै उपयुक्त मापदण्ड नहुने समेत बताएका छन् । उनको भनाइमा जुन जीडीपी नम्बरलाई विश्वभरी स्वीकार गरिएको छ त्यसमा पुनर्विचार गर्नु जरुरी रहेको छ ।

अहमदावादको आइआइएम र बेलायतको अक्सफोर्डमा पढेका अरबिन्द मोदी सरकारको पहिलो कार्यकालमा तीन वर्षसम्म मुख्य आर्थिक सल्लाहकार रहेका थिए । उनी भारतका चिनिएका अर्थशास्त्री मानिन्छन् ।

न्यूज च्यानल एन्डी टिभीमा दिएको अन्तर्वार्तामा उनले भारतको आर्थिक संकट अब गहिरो भइसकेको बताएका छन् ।

उनले भने,‘‘गैर पेट्रोलियम उत्पादनको आयात र निर्यातमा क्रमशः ६ प्रतिशत र १ प्रतिशतले गिरावट आएको छ ।

क्यापिटल गुड्स इन्डस्ट्रीको बृद्धिदरमा १० प्रतिशतको गिरावट रहेको छ । कन्जुमर गुड्स प्रोडक्सनको बृद्धिदर दुई वर्ष पहिला ५ प्रतिशतमा रहेकोमा अहिले एक प्रतिशत पुगेको छ । यो तथ्यांकले भन्न सकिन्छ कि भारतको अर्थतन्त्र कुन हालतमा रहेको छ ।’’

उनले भने,‘‘निर्यात कन्जुमर गुड्स र कर राजश्वको तथ्यांकपनि निकै निराशाजनक रहेको बताउँदै यदि २००० देखि २००२ सम्मको भारतको आर्थिक संकटलाई हेरियो भने त्यतिबेली जीडीपी ४ दशमलब ५ प्रतिशत थियो । तर, बाँकी तथ्यांक सकारात्मक रहेका थिए ।

तर, अहिले यी सबै तथ्यांक कि नकारात्मक छन् कि चाहिं नकारात्मकको नजिक छन् । यो कुनै सामान्य आर्थिक संकट होइन, यो भारतको गम्भीर आर्थिक संकट हो ।’’

अर्थव्यवस्थाका जुन मुख्य आँकडा छन् ती नकारात्मक छन् वा त्यसको नजिक छन् । बृद्धि, लगानी,निर्यात र आयातमा बृद्धिले नोकरी सिर्जना गर्ने हो तर सबै कुरा तल गइरहेको देखिन्छ ।

तपाईले यो पनि हेर्नुपर्छ कि सरकार सोसल प्रोग्राममा कति राजश्व खर्च गरिरहेको छ । जागिर र मानिसहरुको आयमा लगातार गिरावट आइरहेको छ ।’’