भारतसँगको व्यापार घाटा बढ्दो - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

भारतसँगको व्यापार घाटा बढ्दो



काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले नेपालमा निर्यातजन्य उत्पादनहरू नभएका कारण भारतसँगको व्यापार घाटा बढिरहेको बताएका छन् ।

वर्तमान सरकारले नेपाली उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरेको मन्त्री यादवले बताए ।

उनले भने, “नेपालमा अलैँची, पश्मिना, अदुवा जस्ता कृषिजन्य उत्पादनबाहेक खासै विदेशमा निर्यात गर्ने खालको उत्पादन छैन्, त्यसकारण भारतबाहेक अरु मुलुकसँग व्यापार सम्बन्ध बढाए पनि नेपालको व्यापारमा घाटा नै हुन्छ ।”

साथै नेपाल आयल निगमलाई प्रतिस्पर्धामा लैजाने सोच सरकारले बनाएको पनि मन्त्री यादवले बताए ।

फरक प्रसंगमा मन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने दाबी गरे । साथै उनले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको ब्यग्र प्रतिक्षा भइरहेको बताए ।