चलचित्र 'भारत' फ्लप हुन्छ भन्ने निर्मातालाई थाहा छ : केआरके - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चलचित्र ‘भारत’ फ्लप हुन्छ भन्ने निर्मातालाई थाहा छ : केआरके



एजेन्सी -बुधबार सलमान खान अभिनित ‘भारत’ रिलिज भएको छ।

सिनेमालाई लिएर सलमानका फ्यानहरू अति उत्साहित छन्।।

सिनेमामा सलमान र क्याटरिना कैफको जोडीले पनि दर्शकलाई राम्रैगरी तान्ने छ। सिनेमा इदमा रिलिज भएको छ र इद सिनेमा रिलिजका हिसाबले सलमानका लागि फलदायी रहने गरेको छ।

गत वर्ष उनी अभिनित ‘ट्यूबलाइट’ले वक्सअफिसमा खासै कमाल गर्न सकेनन। सिनेमा सोचेजस्तो चलेन भने अर्को सिनेमा ‘रेस’ले पनि सोचेजस्तो गर्न सकेन।

यस्तोमा ‘भारत’को सफलता सलमानका लागि महत्वपूर्ण हुनेछ।

यस्तोमा बलिउड अभिनेता तथा निर्माता कमाल आर खानले सलमानमाथि ‘भारत’लाई लिएर टिप्पणी गरेका छन्।

ट्वीटरबाट उनले रिलिज अगावै सलमानको ‘भारतमाथि व्यंग्य कसेका हुन्।

‘आज राती ९ बजे भारतका निर्माताले मिडियालाई दिउँसो १ बजेसम्म केहि ट्विट नगर्ने सर्तमा सिनेमा देखाउँदैछन्। यसको मतलब निर्माताहरूलाई १००% थाहा छ, मिडियाले सिनेमाका बारेमा केहिपनि राम्रो भन्ने  छैनन्। यो अरू केहि हैन पिआर कम्पनीहरूको भूल हो’, कमालले ट्वीट गरेका छन्।

अब कमाल आर खान यस्तो ट्वीट गरेपनि मध्यान्ह सम्म सिनेमा कस्तो छ भन्ने बारेमा धारणाहरू बाहिर आउने नै छन्।

सिनेमाका निर्देशक अब्बास अलि जफर हुन्। उनको सलमान खानसँग यो तेश्रो टिमअप हो यस अघि दुबैले ‘सुल्तान’ तथा ‘ टाइगर जिन्दा है’मा एकसाथ काम गरिसकेका छन्।

यसै सिनेमाबाट दुबैजना सफलताको एकसाथ ह्याट्रिक गर्ने दाउमा रहेका छन्।