सलमान खानको प्रतीक्षित फिल्म ‘भारत’ को ट्रेलर यस्तो (भिडियो ) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सलमान खानको प्रतीक्षित फिल्म ‘भारत’ को ट्रेलर यस्तो (भिडियो )



काठमाडौं – सलमान खानको प्रतीक्षित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई टी–सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसअघि यो फिल्मले पोस्टर र टिजरका कारणा चर्चा कमाएको थियो । फिल्ममा सलमान खानसँगै तब्बु, क्याटरिना कैफ, ज्याकी श्राफ, सुनील ग्रोबर, दिशा पटानी लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

इदको अवसर पारेर जुन महिनामा रिलिज हुन लागेको यो फिल्मको ट्रेलरमा एक मध्यम वर्गीय व्यक्तिको कथासँगै भारतमा आएको परिवर्तनलाई एकसाथ अगाडि बढाइएको छ ।

यो फिल्म बलिउडकै प्रतीक्षित फिल्ममध्ये एक हो ।