भारतको बेंगलोरमा पनि गौरा विशेष कार्यक्रम मनाईदै - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

भारतको बेंगलोरमा पनि गौरा विशेष कार्यक्रम मनाईदै



नरेन्द्र धामी / कैलाली ।
सुदुर पश्चिमेलीहरुको महान चांड गौरा पर्व भारतको वेंगलोरमा पनि मनाईने भएको छ । सुदुरपश्चिम परवासी जनउत्थान सामाज भारत ट्रष्ट बेंगलोरको आयोजनामा यहि भाद्र १७ गते अर्थात सेप्टेम्वर २ तारिकका दिन गौरा विशेष कार्यक्रम मनाउन लागीएको हो ।

वाध्यतावस आफ्नो जन्म भुमी वाट टाढा प्रवासमा वसेर पनि आफ्नो कला , साहित्य , संस्कृती , संस्कार , परम्परा तथा रिति रिवाजको जगेर्ना गर्ने उद्धेश्यका साथ गौरा विशेष कार्यक्रमको आयोजना गर्न लागीएको सुदुरपश्चिम परवासी जनउत्थान समाजका अध्यक्ष चन्द्र सिह कुंवरले वताउनु भयो ।

सुदुरपश्चिम वाट भारतको वेंगलोरमा काम गरिरहेका प्रवासी नेपालीहरु एक ठाउमा भेला भएर गौरा विशेष कार्यक्रम मनाउदा प्रवासी नेपालीहरुमा एकता , सदभाव , सहिष्णुता तथा भाईचारा कायम हुनेमा समेत उँहाले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुदुरपश्चिमको संंस्कृती झल्कीने विभिद सांंस्कृतिक कार्यक्रम संगै चिरपरिचीत कलाकारहरुको वेजोड प्रस्तुति समेत रहने वताईएको छ । सेप्टेम्वर २ तारिकका दिन बेंगलोरको ईजिपुरा सिंग्नल, डोमलर रोड कोरमंगला नजीकै रहेको मोडर्न ईङलिस स्कुलमा मनाईने गौरा विशेष कार्यक्रममा उपस्थितिका लागी सम्पुर्ण परवासी नेपालीहरुमा सुदुरपश्चिम परवासी जनउत्थान समाजले अनुरोध समेत गरेको छ ।