भारतमा बुवा हराएपछी २ वर्षपछि खोजीमा छोरा ! - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भारतमा बुवा हराएपछी २ वर्षपछि खोजीमा छोरा !



नयाँ दिल्ली :रोजगारीका लागि भारतको पञ्जाब राज्यको लुधियाना पुगेका बेला करिब २  वर्ष अघिदेखि सम्पर्कविहीन भएका बोमबहादुर बिसीको खोजतलाशी छोरा भुवन जिसीले सुरु गरेका छन् ।

प्युठानको बरौंला गाविसका बोमबहादुर जिसी सम्पर्कमा नआएको २  वर्ष पुगेको छ । बोमबहादुर बिसी २०७२  मङ्गसिर ४  गते काम गर्न पञ्जाब जाने भन्दै घरबाट निस्किएका थिए । मङ्गसिर ६  गते पञ्जाबको लुधियाना पुगेका बोमबहादुर गाउँका इष्टमित्रको घरमा झोला राखेर काम खोज्न निस्किएका थिए । त्यसपछि नफर्किएको छोरा भुवन जिसीले बताएका छन् ।

पहिला-पहिला लुधियानामा बस्ने इष्टमित्रले लुधियानामै काम गरिरहेको अनुमान गरे पनि २/३ महिनासम्म पनि सामान लिन नआएपछि उनको परिवारजनलाई खबर गरेका थिए । त्यसपछि बुवा हराएको थाहा पाएको भुवन जिसीले बताएका छन् ।

घरमा केवल महिलाहरू र आफू पनि वैदेशिक रोजगारका लागि दुबईमा रहेकाले२  वर्षसम्म खोजतलाशी गर्न नसकेको छोरा भुवनले बताएका छन् । हराएको दुई वर्षसम्म पनि आफूहरूलाई बुवा फर्किने आस रहेको उनको भनाई छ । बिदामा घर आएका भुवनले बुवा हराएको बारे लुधियानामा खासै जानकारी नपाएपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा खोजिदिन आग्रह गरेका छन् । यदि तपाइहरूले पनि तस्बिरमा देखाइएका बोमबहादुर जिसीलाई कतै देख्नु भएको छ भने नेपाली दूतावासमा खबर गरिदिन आग्रह समेत उनले गरेका छन् ।