भारतलाई गाली नगरौ :प्रम ओली - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

भारतलाई गाली नगरौ :प्रम ओली



काठमाडौं- प्रधानमन्त्री केपी ओलीले हालै वर्षासँगै आएको बाढी, पहिरो र डुबानलाई लिएर भारतलाई गाली नगर्न आग्रह गरेका छन् ।

ओलीले तराई क्षेत्र डुवामना पर्नुमा भारत मात्र नभई नेपालको कमजोर व्यवीस्थापन प्रणाली पनि भएको बताए । ‘भारतलाई मात्र दोष दिएर हुँदैन, नेपालले पनि बाढी समस्या समाधानका लागि गर्नुपर्ने काम गरेको छैन’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको मन्त्री र सांसदहरुको टोलीसँग आइतबार भएको भेटमा प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले आफू निरन्तर भारतीय सरकारको सम्पर्कमा रहेको जानकारी दिए । ओलीले भारतीय पक्षले नेपाली प्रतिनिधिलाई छलफलका लागि बोलाउँदा नगएको भन्ने गुनासो आएको उल्लेख गरे ।