संविधान संशोधन र प्रदेश सीमांकनमा भारतको चासो यथावत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संविधान संशोधन र प्रदेश सीमांकनमा भारतको चासो यथावत



काठमाडौं – पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल मामिलामा यसअघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् ।

राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण छ । आजको कान्तिपुरमा यो खबर छ ।

कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरुको समूह (अफान) ले आयोजना गरेका कार्यक्रममा दर्जन भन्दा बढी कुटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथावत रहेको बताएका हुन् ।

करिअर राजदूतमध्ये सबैभन्दा पुराना सुन्दरनाथ भट्टराइले मोदीको भ्रमण चिनीयाँको दक्षिण एसिया प्रवेश र प्रभावलाई रोक्न भएको बताए ।