विश्लेषक भन्छन : सलमान खानको 'भारत' सुपर फ्लप हुन्छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विश्लेषक भन्छन : सलमान खानको ‘भारत’ सुपर फ्लप हुन्छ



काठमाडौं– सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ आगामी जुन ५ मा रिलिज हुँदैछ। यो २०१९ को ठूलो लगानीको बलिउड फिल्म हो र यो फिल्मले तहल्का मच्चाउने विश्लेषण फिल्म पण्डितहरुबाट भइरहेको छ।

कतिपय विश्लेषकहरुले भने यो चलचित्र सुपर फ्लप हुने पनि बताएका छन् । उनीहरुको तर्क छ सलमान खानको स्टारडम ओरालो लाग्दै गएको र यस्ता खाले चलचित्रको ट्रेन्ड पनि ओरालो लागिरहेको छ । यसैकारण यो चलचित्रले लगानी उठाउन पनि नसक्ने उनीहरुको दावी छ ।

इदका अवसरमा रिलिज भएका सलमान खानका धेरैजसो फिल्म सफल सावित भएका छन्। तर, पछिल्ला दुई फिल्म ‘ट्युवलाइट’ र ‘रेस ३’ ले भने सलमानलाई निराश बनाएका थिए। यी दुवै फिल्म बक्सअफिसमा अपेक्षाकृत सफल हुन सकेनन्।

अतुल अग्निहोत्रीद्वारा निर्मित भारत एक महँगो फिल्म हो। यो फिल्म निर्माण सम्पन्न गर्न कुल २७५ करोड रुपैयाँ खर्च भएको छ।

निर्माणतर्फ १२५ करोड रुपैयाँ, २५ करोड फिल्म प्रचार र प्रिन्ट तथा १२५ करोड रुपैयाँ सलमान खानको पारिश्रमिकमा खर्च भएको निर्माण पक्षले जनाएको छ।

यो फिल्म रिलिज हुनुपूर्व नै केही रकम कलेक्सन भइसकेको छ। निर्माण पक्षले स्याटेलाइट र डिजिटल राइट्सको बदलामा १२५ करोड रुपैयाँ प्राप्त गरेको छ भने ५५ करोड गीत–संगीतको बदलामा उठाएको छ।

अब सिनेमा हलबाट लगभग १९० करोड उठाउन सकेको खण्डमा फिल्म सुरक्षित भएको मानिने छ।

हलबाट २३० देखि २५० करोड रुपैयाँ कलेक्सन गरेको खण्डमा यो फिल्मले आफूलाई सफल सावित गर्न सक्छ।

सलमानको स्टारडमका कारण फिल्मले यति रकम उठाउन खासै गाह्रो भने मानिएको छैन। तर, फिल्मको प्रोमो र गीतले भने अहिलेसम्म दर्शकलाई खासै आकर्षित गर्न सकेको छैन।

अली अब्बास जफरले निर्देशन गरेको फिल्म भारतमा सलमान खान, क्याट्रिना कैफ, दिशा पाटनी, जैकी श्राफ, सुनील ग्रोबरले मुख्य भूमिका निर्वाह गरेका छन् भने वरुण धवन सानो भूमिकामा देखिनेछन्।