योगेश भट्टराई भन्छन: भारतविरुद्ध सिङ्गो नेपाल एक छ - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

योगेश भट्टराई भन्छन: भारतविरुद्ध सिङ्गो नेपाल एक छ



काठमाडौं- भारतको हेपाहा प्रवृत्तिप्रति देशभर विरोध भैरहेको बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि आफ्नो धारणा ब्यक्त गरेका छन् ।

कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समेटेकोप्रति आपत्ति जनाउँदै भट्टराईले भारतले नेपालसँग निहूँ खोज्‍नुको कुनै तुक नभएको बताएका छन्।

सामाजिक सञ्‍जालमा स्टाटस पोस्ट कर्दै मन्‍त्री भट्टराईले भारतको उक्त कदमप्रति आपत्ति जनाएका हुन्। उनले ट्विट गर्दै लेखेका छन्, ‘लिम्पीयाधुराबाट उत्त्पती भएको काली नदि नै नेपाल र भारतको सीमा नदी हो भन्‍ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीबित मानिसहरूका भनाइबाट प्रस्ट छ। यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहूँ खोज्‍नुको कुनै तुक छैन। भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ। नेपालले छोड्ने कुरै आउँदैन। सिंगो नेपाल एक छ।’