प्रधानमन्त्रीसँग राजेश हमाल र दिनेश डिसी पनि भारत जाने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रधानमन्त्रीसँग राजेश हमाल र दिनेश डिसी पनि भारत जाने



काठमाडौं– यसपटकको भारत भ्रमणमा प्रधानमन्त्रीले नयाँपन दिने भएका छन । भारत भ्रमणका क्रममा कलाक्षेत्रका तर्फबाट अभिनेता राजेश हमाल र दिनेश डिसी जाने भएका छन्।

चैत २३ गतेका लागि तय भएको भ्रमणका क्रममा नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै हमाल र डिसी जाने निर्णय भएको छ ।

नेपाली चलचित्र क्षेत्रको विकासमा आफू सकारात्मक रहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो भारत भ्रमणमा कलाकार पनि समेट्ने घोषणा गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बलिउडका कलाकार र अन्य व्यक्तिहरुसँग पनि भेट्ने कार्यक्रम छ। सो क्रममा नेपालका विभिन्न स्थानलाई बलिउड फिल्मको सुटिङ स्थलका रुपमा लिन र नेपालको पर्यटन विकासमा टेवा पुर्‍याउने दोहोरो फाइदाका लागि छलफल गरिने नेपाली पक्षको तयारी छ।