भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे



काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ ।

मङ्गलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई बुधबार काठमाडौँ ल्याएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ ।

मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुर्याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो । फाइल तस्बिर :