लस एञ्जलसमा भानु जयन्ती - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

लस एञ्जलसमा भानु जयन्ती



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एञ्जलसमा च्याप्टरले भानुजयन्ती भव्यताका साथ मनाएको छ ।

अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आदिकवि भानुभक्तका बारेका चर्चा गरे ।

समाजसेवी वेदभक्त जोशीको विशेष आतिथ्यमा भएको कार्यक्रममा शारदा पाठक,प्रकाश पाण्डे, तिलक कार्की, सिद्धार्थ सिलवाल, जीवन बराल, राकेश कार्की, ईश्वरी भट्टराई, कोपिला अधिकारी, सुवास भण्डारी, डन कार्की लगायतले सिर्जना वाचनका साथै मन्तब्य व्यक्त गरे ।

च्याप्टरका अध्यक्ष डन कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनको कविता कृति ‘परदेशी मन’ को पनि लोकार्पण गरिएको थियो ।

कृतिका बारेमा वक्ताहरूले समीक्षात्मक धारणा पनि राखेका थिए ।