व्यक्तिगत खर्चमा भानु जयन्ती मनाइयो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

व्यक्तिगत खर्चमा भानु जयन्ती मनाइयो



कैैैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ९ मा आफ्नो व्यक्तिगत आयोजनामा स्थानीय हस्त बहादुर पौडेलले भानुभक्त आचार्यको २०६ औं भानु जयन्ती मनाएका छन् ।

पौडेलले आफ्नो व्यक्तिगत खर्चमा भानुभक्त आचार्यको जीवनी व्यक्तित्व र कृतित्वको अध्ययन तथा विश्लेषण गर्न स्थानीय बासिन्दालाई निमन्त्रणा गरी रामायण वाचन र अन्तरक्रिया गरेका थिए ।

वयोवृद्ध मोती प्रसाद भुसालको सभापतित्वमा कार्यक्रम गरेका पौडेलले पुस्तकालय र केहि सिमित ठाउँमा मात्र भानुभक्त आचार्यको चर्चा हुने गरेको भन्दै सबैलाई भानुभक्तको सम्झना गराउन कार्यक्रम गरेको बताए ।
भारतका विभिन्न ठाउँहरुमा भानु जयन्ती भव्यताका साथ मनाउने चलन रहेको र नेपाल भानु जयन्तीको खासै कार्यक्रम नभएको भन्दै व्यक्तिगत खर्चमा भानु जयन्ती मनाएको पौडेलले बताए ।