देउवालाई भेटेलगत्तै राष्ट्रपतिले एमालेका नेताहरूलाई छलफलमा बोलाइन् - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

देउवालाई भेटेलगत्तै राष्ट्रपतिले एमालेका नेताहरूलाई छलफलमा बोलाइन्



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि बोलाएकी छन् ।

प्रधानमन्त्रीसँग भेटवार्तालगत्तै उनले एमालेका नेताहरूलाई शीतल निवास बोलाएकी हुन्। समसामायिक विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन्।

राष्ट्रपतिले छलफलका लागि बोलाएको भन्दो साँझ ५ बजे शितलनिवास जाने उनले बताएका छन् । शीतल निवास स्रोतका अनुसार नागरिकता विधेयक विषयमा छलफलका लागि एमाले नेताहरुलाई डाकिएको हो। छलफलमा एमालेका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ।

सोमबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीहरु शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग नागरिकता विधेयकको विषयमा चासो राखेकी छन्।

प्रधानमन्त्री देउवाले धेरै नेपालीहरु नागरिकताविहीन भएकाले उक्त विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए।