निवासबाट विमानस्थलसम्म पनि हेलिकप्टरमा पुगिन राष्ट्रपति - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

निवासबाट विमानस्थलसम्म पनि हेलिकप्टरमा पुगिन राष्ट्रपति



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्। उनि म्यानमारको राजकिय भ्रमणमा जानेक्रममा निवासबाट विमानस्थलसम्म पुगेकी हुन् ।

म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्।

त्यहाँ उनले राष्ट्रपति मिन्टसँग दुई पक्षीय भेटवार्ता गर्ने छिन्। भने स्टेट काउन्सिलर आङ साङ सुचीसँग पनि भेटवार्ता गर्नेछिन्।

राष्ट्रपति भण्डारीले म्यानमारमा रहेका नेपाली मुलका नागरिकहरूलाई भेट गर्ने कार्यक्रम रहेको छ। उनि सँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव म्यानमारका लागि जादैँछन्।