नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीमाथि दबाव - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीमाथि दबाव



काठमाडौं- नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दबाव बढेको छ । सार्वजनिक रूपमै नागरिकता विधेयकको विरोध भैरहेका बेला केही दलहरूले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन्

बुधबार नेकपा क्रान्तिकारी माओवादीसहित पाँच वामपन्थी दलले नागरिकता विधेयक फिर्ता गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

उनीहरुले ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल वैवाहिक अंगीकृत नागरिकता लिनसक्ने’ व्यवस्था गलत भएको भन्दै नागरिकता विधेयक संसदमै फिर्ता गरिदिन राष्ट्रपति समक्ष माग गरेका हुन्।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार राष्ट्रियसभाबाट समेत पास भएपछि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति कहाँ पठाएका छन्। अब राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि यने विधेयक कानुन अनुसार चल्नेछ।

संसदबाट नागरिता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयमा पुगेसँगै यसको विरोध भैरहेको छ। सार्वजनिक रुपमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरिदिनुपर्ने मागहरु आइरहेका छन्।