नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाईने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाईने



काठमाडौं- राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसदमा फिर्ता भएको नागरिकता विधेयकलाई सरकारले फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको छ।

नागरिक दैनिकमा छपिएको समचार अनुसार गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय राखेका छन्।

फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ।