भक्तपुरको भाडा दस रुपैयाँ मात्र - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

भक्तपुरको भाडा दस रुपैयाँ मात्र



भक्तपुर:

भक्तपुर मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा दस रुपैयाँमात्रै लिने निर्णय गरेको छ।  निर्णयलाई कडाइसाथ लागू गर्ने पनि बताएको छ ।

यस भन्दा अगाडी समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले दस रुपैयाँभन्दा बढी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए। समितिको कार्तिक १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले उक्त निर्णयलाई कडाइका साथ लागू गर्ने बताएको हो।

नवनिर्वाचित पदाधिकारीहरुको शुक्रबार भएको पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले भक्तपुरभित्रबाट गुड्ने गाडीले भक्तपुरकै सल्लाघारी सृजनानगरसम्मको लोकल भाडादर दस रुपैयाँमात्रै लिने जानकारी दिएका हुन्।

यसको लागि सम्पूर्ण गाडीका व्यवसायीसँगै चालक र सहचालकहरुलाई निर्देशन जारी गरिने उनको भनाइ थियो।