भक्तपुरमा ३२ हजार मत - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

भक्तपुरमा ३२ हजार मत



भक्तपुर– भक्तपुर-१ ‘क’मा३२ हजार मत खसेको छ। मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठका अनुसार कूल ४५ हजार १५ मतदाता मध्ये करिब ३२ हजार मत खसेको हो।

यसपटक अघिल्लोभन्दा करिब १० प्रतिशत कम मत खसेको देखिन्छ। शनिबार भक्तपुर-१ ‘क’ प्रदेशका २२ वटा मतदान केन्द्रस्थित ५४ वटा मतस्थलमा मतदान भएको थियो। विहान सातै बजेदेखि मतदान सुरु भए पनि१० बजेअघिसम्म मत खसाल्ने मतदाताहरुको संख्या न्यून थियो।

यस निर्वाचन क्षेत्रमा सिंगो चाँगुनारायण नपा र भक्तपुर नपा-१० का मतदाताले मतदान गरेका छन्। चाँगुनारायण नपामा मात्रै ४० हजार तीनसय १० मतदाता रहेका छन्। भक्तपुर नपा-१० मा भने ४ हजार सातसय पाँच मतदाता छन्।

अघिल्लो प्रदेश निर्वाचनमा विजयी हरिशरण लामिछानेको मस्तिष्काघातमा एक वर्षअघि निधन भएपछि रिक्त प्रदेश सभा सदस्य पूर्तिको लागि शनिबार उपनिर्वाचन भएको हो।