लागू औषध सहित कैलालीको भजनीबाट दुई जना पक्राउ - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

लागू औषध सहित कैलालीको भजनीबाट दुई जना पक्राउ



हिमाल पोस्ट/ कैलाली ।
कैलालीमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिकामा लागुऔषध ६ ग्राम ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका हुन् ।

बुधवार दिउसो ३:१५ वजे भजनी नगरपालिका- ३ वर्दवाफाटाबाट ६ ग्राम ब्राउन सुगर सहित घोडाघोडी नगरपालिका -१० पहलमानपुरका वर्ष २५ का मेख पौडेल र सोही ठाँउका २१ वर्षिय विजय रावल पक्राउ परेका ईलालका प्रहरी कार्यलयका भजनीका प्रहरी प्रमुख निरिक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिए ।

से.५ प. ३२५४ नम्बरको मोटरसाईकलबाट जांदै गर्दा ईलालका प्रहरी कार्यालय भजनी र ससस्त्र प्रहरी बल नेपाल बिवपी भजनीको सयुंक्त टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । थप अनुसन्धानपछि धनगढी अदालतमा पेश गर्ने प्रकृयामा रहेको प्रहरी निरिक्षक चन्दले जानकारी दिए । सांकेतिक तस्बिर :