भैंसेपाटीमा भीषण आगलागी, ठूलाे क्षतिको अनुमान - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

भैंसेपाटीमा भीषण आगलागी, ठूलाे क्षतिको अनुमान



ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा आज (बिहीबार) बिहान आगलागी भएको छ।

प्रहरीका अनुसार किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आगलागी भएको हो।

बिहान साढे ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेकाे छैन। केमिकल भएकाले आगो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

के कति कारणले आगलागी भएको खुलेको छैन। आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धनमालकाे क्षति भएको प्रहरीले अनुमान गरेको छ।

घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।