भैरहवामा गोली चल्यो, भारतीय पक्राउ - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भैरहवामा गोली चल्यो, भारतीय पक्राउ



भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगपालिकामा शंकरपुर नाकामा बिहीबार दिउँसो हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । सादा पोशाकका रहेका प्रहरीमाथि भारतीय पक्षले आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी समेत घाइते भएको डीएसपी भण्डारीले बताए । रुपन्देही प्रहरीले उनीहरुको समूहका १ जनालाई हतियार सहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ का झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ । उनको साथबाट मेड ईन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको डिएसपी भण्डारीले बताए ।