भारत जान नेपालीलाई भिसा लाग्ने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भारत जान नेपालीलाई भिसा लाग्ने



नयाँ पत्रिका /काठमाडौं : भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपालीलाई भिसा अनिवार्य गरेको छ।

राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको बेला भारतले अनपेक्षित व्यवहार गरेको छ। तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन। तर, भारतले नेपाली र भुटानी नागरिकलाई कडाइ गर्दै लगेको छ।

चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भुटानी नागरकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो। तर, यस वर्षदेखि माल्दिभ्स, हङकङ र मकाउ थपिएको छ।