गायक भगवान भण्डारीमाथि छड्के - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायक भगवान भण्डारीमाथि छड्के



प्रस्तुती : समीर प्रकाश पाण्डे

बिग्य्रो चाल पनि, खैरेनीमा गेट, फूलमा भमरा, दिलको ढोका बन्द, आमा तिम्रो दश धारा दूधको भारा तिर्न सकिनँ, डाली लर्कायो लगायतका थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरू बाट चर्चामा रहेको नाम हो गायक तथा सर्जक भगवान् भण्डारी ।

स्याङ्गजा जिल्लाको चापाकोटमा जन्मेका लोक गायक भगवान् भण्डारीका दर्जनौँ लोकप्रिय गीतहरू छन् । लोकसङ्गीतको क्षेत्रमा निकै सराहनीय योगदान पुऱ्याउँदै आएका गायक भण्डारी यतिबेला भने परिवारसहित अमेरिका बस्दै आएका छन् । आज हामी उनै गायक भण्डारीको हाल सञ्चालनमा रहेको आधिकारिक फेसबुक एकाउन्ट चेक गर्दैछौँ ।

समाजिक सञ्जालमा निकै समय बिताउने गायक भण्डारीको फेसबुकमा यो समाचार तयार पार्दासम्म पाँच हजार साथी छन् भने सात हजार आठ सय बैसष्ठि फलोवर छन् । उनले फेसबुकमा पहिलोपल्ट मे ११, २०१४मा धार्मिक स्थल पशुपतिनाथको फोटो पोस्ट गरेका छन्। प्रोफाइल फोटोको रूपमा रहेको फोटोमा २८६ लाइक छ भने एउटा कमेन्ट रहेको छ । त्यस्तै पहिलो फोटो अपडेट डिसेम्बर १७, २०१५मा नायक जीवन लुईटेलसँग अपलोड भएको छ जुन फोटोमा दुई सय पचास लाइक छ र आठ कमेन्ट रहेको छ । हाल भने उनको प्रोफाइलमा श्रीमतीसँगको फोटो छ ।

प्रस्तुत छ, गायक भगवान् भण्डारीको फेसबुक स्टाटस ,फोटोहरूलाई निकै फलो गर्ने नेपाली लोक तथा दोहोरी क्षेत्रमा सक्रिय सामाजिक सञ्जालमा निकै खरो रूपमा प्रस्तुत हुने गायक तथा सर्जक एल पी ढकालसँग गायक भण्डारीक‍ो बिषयमा गरिएको छोटो कुराकानी :-

१) भगवान् भण्डारीलाई नजिक बाट कहिले चिन्नु भो ?
एल पी ढकाल : उँहालाई मैले २०५९ सालतिर म पृथ्वीनारायण क्याम्पस पढ्दा चिनेको, उहाँले क्याम्पसका साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिनुहुन्थ्यो । विशेषगरी केटीहरू निकै हुरुक्कै हुन्थे भगवान्‌ दाइसँग

२) उहाँले गाएका गीतहरू मध्येमा तपाईँको जीवनसँग कुन गीतले मेल खाए जस्तो लाग्छ ?
एल पी ढकाल : उँहाका हरेक गीतहरू मेरो जीवनमा मेल खाएजस्तै लाग्छ, तर विशेष कुरा के भने म क्याम्पसको जाडो विदा मान्न गाउँ गएको थिएँ, त्यति बेला उहाँको बिग्रियो चाल पनि गीत बजारमा आयो गीतले व्यापक बजार पिट्यो, कलेज विदामा गाउँमा बस्दा म सँगै पढेकी केटी साथीको निकै याद आयो । छुट्टीमा गाउँ आएर छुटेपछि भगवान्‌ दाइको तिमी गाउँमा म नेपाल सहर अधुरै भो नीरमाया मनको रहर बिग्रियो चाल पनि यस्तै त रैछ नि मायाजाल पनि भन्ने शब्दले सार्है मुटु छुन्थ्यो हहहह…….. अझै नि यो गीत दैनिक गुनगुनाउँछु म, निकै मन पर्छ ।

३ ) तपाईँको बुझाईमा उहाँका ३ राम्रा र ३ नराम्रा पक्ष के-के हुन् ?
एल पी ढकाल : उहाँका नराम्रा पक्ष नै देख्दिन मैले, नाम अनुसार मान्छे पनि हामीले कल्पना गर्ने पुज्ने भगवान्‌ जस्तै हुनुन्छ दाइ। हुन त पक्कै पनि मलाई धेरै माया गर्ने भएर होला नराम्रा गुण मेरा आँखाले नदेखेको, तर राम्रो पक्षको कुरा गर्दा उहाँ कहिल्यै रिसाउनु हुन्न, शहनशील, मृदुभाषी ,सजिलै अरूको मन जित्न सक्ने क्षमता छ भगवान्‌ दाइसँग ।

४) उहाँसँगको एउटा रमाइलो क्षण सेयर गर्नु पर्दा झ्याप्प के सम्झनु हुन्छ ?
एल पी ढकाल : भगवान् दाइ भन्दा म धेरै बर्ष जुनियर हो, त्यै भएर होला दाइसँग सङ्गत धेरै गर्न पाइनँ, तर एउटै स्टेजमा दाइले गाउनी म नाच्नि गरेका क्षणहरू निकै यादगर छन् ।

अन्त्यमा,
एल पी ढकाल : अन्त्यमा भगवान् दाइ यो राष्ट्रको बहुमूल्य गहना हो। दाइ अमेरिका रहे पनि बेलाबेलामा दाइका साङ्गितिक कोसेली आइराख्दा निकै खुसी लाग्छ, लाखौँ दर्शक स्रोता भगवान्‌ भन्डारीको व्यग्र प्रतीक्षामा छन्, त्यै भएर भगवान्‌ दाइ छिटै मातृभूमि फर्केर तिनै अर्ग्यानिक र यथार्थपरक गीत गाइदिए हुन्थ्यो जस्तो लाग्छ । धन्यवाद !

यो त भयो एल पी ढकालसँग भगवान् भण्डारीको निकटताको कुरा, तपाईँसँग केही छन् भने कृपया कमेन्टमा लेख्‍नुहोला…।