ललिता निवास प्रकरण: भाग्न लागेकालाई पक्राउ गरिँदै - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ललिता निवास प्रकरण: भाग्न लागेकालाई पक्राउ गरिँदै



काठमाडौं- वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किटानी जाहेरी दर्ता भएको छ ।

गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो ।

१० महिना लगाएर तयार पारेको छानबिन समितिको प्रतिवेदनका आधारमा गत साता सीआईबीले १७२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय गृहमा पेस गरेको थियो । गृहले त्यही रायअनुसार आरोपितविरुद्ध जाहेरी दिएको थियो ।

गृहले पूर्व उपपृधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी तथा डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध ठगी किर्ते र प्रचलित भ्रष्टाचार कानुनअनुसार अनुसन्धान गर्न माग गर्दै सीआईबीमा जाहेरी दिएको
हो ।

तीन पूर्वसचिव दीपबहादुर बस्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, वि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतमाथि अनुसन्धान गर्न माग गरिएको छ ।

ठगी र किर्तेसम्बन्धी कसुर पुष्टि भए उनीहरूविरुद्ध ७ देखि १० वर्षसम्म कैद र बिगो खुले बिगोबमोजिम जरिवाना हुन सक्छ।

सरकारी पदाधिकारी तथा कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारीको मिलेमतोमा समरजंग कम्पनीको स्वामित्वमा भएको जग्गा २०४९ देखि २०६९ को अवधिमा हडपिएको थियो ।

गएको माघ २२ गते मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री गच्छदारसहित ११० जनाविरुद्ध बिगो/कैद सजाय र ६५ विरुद्ध जग्गा फिर्ता गर्ने प्रयोजनसहित विशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ। कान्तिपुर दैनिकले लेखेको छ ।