पाँचथर हत्याकाण्ड :कस्तो छ भागेर बाँचन सफल भएकी बालिकाको अवस्था ? - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

पाँचथर हत्याकाण्ड :कस्तो छ भागेर बाँचन सफल भएकी बालिकाको अवस्था ?



काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भयो ।

ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर बाँचन सफल भएकी छन् । घाइते १३ वर्षीया बालिका सीता खुजुम भागेर बाँच्न सफल भएकी हुन् ।

अहिले उनको झापास्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार सीताको अवस्था सामान्य रहेको छ ।