राष्ट्रिय सभामा गठबन्धनको भागबण्डा मिल्यो - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

राष्ट्रिय सभामा गठबन्धनको भागबण्डा मिल्यो



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले संयुक्त उमेदवार बनाउनेगरी बाँडफाँट गरेका छन् ।

सत्ता गठबन्धनको बैठकमा संयुक्त उमेदवार बनाउने निर्णय भएको हो ।

गठबन्धन एक भएर जाने भन्ने विषयमा छलफल भएको थियो । सबैलाई पहिले जुन जुन पार्टीको खालि भएको छ त्यो उनीहरुलाई नै दिने बाँकी रहेको ८ सिटमा कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक एक, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने निर्णय भएको छ ।