बिपीसँगै काम गरेका पूर्वसांसद ज्ञवालीको निधन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बिपीसँगै काम गरेका पूर्वसांसद ज्ञवालीको निधन



काठमाडौं- पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन भएको छ।

ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको जनाइएको छ।

उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

। २००१ सालमा गुल्मीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेको थिए। उनका श्रीतमी, दुई छोरा र तीन छोरी छन्।