बेपत्ता भएकी महिला सर्पको पेटभित्र मृत भेटिएपछि… - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

बेपत्ता भएकी महिला सर्पको पेटभित्र मृत भेटिएपछि…



इन्डोनेसियामा बेपत्ता एक महिला सर्पको पेटभित्र मृत भेटिएकी छन्।

मात्रा टापुमा पर्ने जाम्बु प्रान्तकी ५४ वर्षीया जहरा बेपत्ता भएपछि खोजी गर्दा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्पको पेट भित्र शव भेटिएको हो।

द गार्डियनका अनुसार रबर खेतीमा काम गर्ने ती महिला आइतबार बिहान घरबाट निस्केकी थिइन्। तर साँझ उनी घर नफर्किएपछि उनका पतिले उनको खोजी गर्न थाले। बारीमा उनले श्रीमतीका चप्पल, ज्याकेट, रुमाल र चक्कु फेला पारेपछि छिमेकीलाई खबर गरे।

प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा नजिकै पाइथन प्रजातिको सर्प देखियो। सर्पको पेट फुलेको देखिएपछि शंका लागेर पेट चिर्दा ती महिलाको शव फेला परेको द गार्डियनमा उल्लेख छ।

सात मिटरसम्म लामो हुने पाइथन सर्पले आहाराका लागि ससाना जनावरलाई सिंगै निल्ने गर्छ। तर मान्छेलाई सिंगै निलेको घटना बिरलै हुने बताइएको छ।