कञ्चनपुरको बेलौरीमा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कञ्चनपुरको बेलौरीमा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना



हेमन्त न्यौपाने
पुनर्वास, कञ्चनपुर । कञ्चनपुरको पहिलो सदरमुकाम समेत रहेको बेलौरी नगरपालिकामा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहिबार उद्घाटन भएको छ । बेलौरीको खुल्ला मञ्चको चौरमा आयोजना भएको कार्यक्रममा नगरभित्रका २३ माध्यमिक विद्यालयहरुले सहभागीता जनाएका छन ।

प्रथम बेलौरी नगरस्तरीय तथा ११ औं राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बेलौरीलाई खेल विकासमा विकास गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा एउटा राम्रो रंगशालाको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सांसद तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले शिक्षा निर्देशनालय मार्फत बेलौरीको खेलकुद विकासका लागि ५० लाख छुट्याउन पहल भएको जानकारी गराउनुभयो । उहाँले यस क्षेत्रमा रंगशाला वा कभर्डहल के बनाउने भनी छलफल अधि बढाउन आग्रह गर्नुभयो ।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले राष्ट्रपति शिल्ड प्रतियोगिताका लागि पहिलो पटक बेलौरीले आयोजना गरेको कार्यक्रमलाई सभ्य र सफल बनाउन आग्रह गर्नुभयो । उहाँले खेलाडीहरुको प्रगतिको कामना गर्दै यहाँको खेलको विकासलाई मध्यनगर गरि नगरपालिका आयोजक बनेको बताउनुभयो । प्रतियोगिताका लागि आवश्यक बजेट केन्द्रबाट १ लाख र नगरपालिकाबाट १ लाख सत्चालीस हजार छुट्याइएको बताउनुभयो । यहाँबाट छनौट भएर जाने खेलाडीहरुलाई नगरपालिका ल्ले खर्चको प्रवन्ध समेत गर्नेछ ।

कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर १ (ख)का सांसद कुलवीर चौधरी, नगरपालिकाका उपप्रमुख चित्रादेवी चौधरी लगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा पुरुष तथा महिलाका लागि विभिन्न दौडका प्रतियोगिताहरु हुनेछ ।