बेलौरी प्याब्सन अन्डर सिष्टिन टि–ट्वाइन्टी क्रिकेट टुर्नामेन्टको उपाधी एभरेष्टलाई - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

बेलौरी प्याब्सन अन्डर सिष्टिन टि–ट्वाइन्टी क्रिकेट टुर्नामेन्टको उपाधी एभरेष्टलाई



केशब भट्ट / कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा जेठ १८ गतेबाट सुरु भएको प्याब्सन अन्डर सिष्टिन टि–ट्वाइन्टी क्रिकेट टुर्नामेन्टको उपाधी एभरेष्ट बोर्डिङ हाइ स्कुलले हात पारेको छ । सोमबार भएको अन्तिम खेलमा एभरेष्टले सिद्धार्थलाई ४ रनले पराजित गरेको हो । पहिले व्याटिङ् गरेको एभरेष्टले सिद्धार्थ सामु ८८ रनको लक्ष्य दिएको थियो तर सो लक्ष्य पार गर्न नसकी सिद्धार्थ ८४ रनमा अलआउट भएको प्याब्सन कञ्चनपुरका उपाध्यक्ष बिष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।

उक्त खेलमा म्यान अफ दि म्याच एभरेष्टका अमित ढुङ्गाना, बेस्ट व्याटस्म्यान एभरेष्टका हेमन्त बोहरा, बेस्ट बलर सिद्धार्थका अनित विष्ट, राइजिङ प्लेअर ब्राइट स्टारका त्रिलोक बिष्ट र म्यान अफ दि सिरीज सिद्धार्थका उत्सव बोहरा भएका छन् । प्याब्सन बेलौरीको आयोजनामा सञ्चालन गरिएको उक्त प्रतियोगितामा प्याब्सनमा आवद्ध बेलौरी नगरपालिका भित्रका माध्यमिक तह स्तरका ५ ओटा विद्यालयका ६ टिमको सहभागिता रहेको नगर प्याब्सन बेलौरीका अध्यक्ष वसन्त नेपालीले बताउनुभयो ।