बेलारुसले आफ्ना सेनालाई युक्रेन प्रवेशको आदेश दियो - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

बेलारुसले आफ्ना सेनालाई युक्रेन प्रवेशको आदेश दियो



काठमाडौं – बेलारुसले आफ्ना सेनाहरूलाई बिहीबार युक्रेनमा प्रवेश गर्न र लडाईंमा सामेल हुन आदेश दिएको युक्रेनी सेनाले बताएको छ। एक फेसबुक पोस्टमा युक्रेनी सेनाले भनेको छ, ‘बेलारुसी सैन्य इकाईको कमाण्डलाई युक्रेनमा सीमा पार गर्न आदेश दिइएको छ।’

युक्रेनले रुसले क्षेप्यास्त्र प्रहार गर्न बेलारुसी भूमि प्रयोग गरिरहेको आरोप लगाएको छ।

बेलारुस एक पूर्व सोभियत राष्ट्र हो जसको युक्रेनसँग सीमा जोडिएको छ। बेलारुसको शक्तिमा रुसको गहिरो प्रभाव छ भन्ने विश्वास गरिन्छ। धेरै विश्लेषकहरूले बेलारुसलाई रूसको आश्रित राज्य मान्छन्।