बेदुरामले किन गरे पार्टी परित्यागको घोषणा ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बेदुरामले किन गरे पार्टी परित्यागको घोषणा ?



काठमाडौं–तत्कालीन नेकपाबाट निर्वाचित भएका सांसद बेदुराम भुसालले दल त्याग गरेको घोषणा गरेपछि अनेक खालका अड्कलबाजी गरिएको छ । भुसालले स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भन्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । भुसाल नेकपा एमालेको स्थायी कमिटी सदस्य थिए ।

एमालेभित्रको माधव कुमार नेपाल समूहका महत्वपूर्ण नेता मानिएका उनले आफूलाई स्वतन्त्र हैसियतमा प्रस्तुत गरेपछि एमालेभित्र तरंग उत्पन्न भएको छ । कतिपयले उनले माधव नेपालको साथ छाडेको रुपमा पनि हेरे पनि आफु स्वतन्त्रको हैसियतमा हुने खोजेको दावी गरेका छन् । एमालेभित्र विवाद भइरहँदा भुसालले आफू स्वतन्त्र सांसद रहेको बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसबारेमा उनले राष्ट्रियसभामा कुनै दलमा छैन, स्वतन्त्रको रुपमा रहन्छु भनेर निवेदन दिएको बताए । उनले तत्कालीन समयमा नेकपाबाट निर्वाचित भएको र अहिले नेकपा नरहेकाले आफूले यस्तो निर्णय गर्नुपरेको बताएका छन् । उनले आफू कतै नरहेको र स्वतन्त्र रुपमा रहन चाहेको भन्दै निवेदन दिएको बताए। फागुन २३ को सर्वोच्चके फैसलाले नेकपाको एकता भंग भएकाले यो निर्णय लिएको उनको तर्क छ ।

नेकपा एमालेभित्र देखिएको विवादको बेला उनले यो निर्णय पार्टी एकताको पक्षमा रहेर लिएको बताएका छन् ।