बेदुराम भुसालको सांसद पद खारेज हुने - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

बेदुराम भुसालको सांसद पद खारेज हुने



काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसालको सांसद पद नरहने बताएका छन्। नेता भुसालले अदालतको आफू दलविहिन बनेको भन्दै स्वतन्त्र सांसदका रुपमा व्यवहार गर्न संसद सचिवालयमा पत्र पठाएपछि देवकोटाले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक खिमलाल भट्टराईले पार्टी परित्याग गरेपछि भुसालको सांसद पद कायम नरहने बताएका छन् । भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बेदुराम भुसालबाट पार्टी र आन्दोलनमाथि गद्दारी भएको टिप्पणी गरेका छन् ।

सचेतक भट्टराईले लेखेका छन्, ‘राष्ट्रिय सभा सदस्य बेदुराम भूसालले आफु स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन् । यो पत्रसॅगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भई रहन सम्भव हुँदैन ।’

दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको उनले उल्लेख गरेका छन् ।

उने अगाडी लेखेका छन्, ‘त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुन सक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन । सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्छ रु यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ । कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफुलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ । अब वहाँ के भन्नु हुन्छ रु वहाँ के स्वतंत्र सांसदको नेता हुनुहुन्छ त ?’