व्यवस्थापिका संसदमा दौरा सुरुवाल अनिवार्यरुपमा लगाउनुपर्ने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

व्यवस्थापिका संसदमा दौरा सुरुवाल अनिवार्यरुपमा लगाउनुपर्ने



हिमाल पोष्ट / २४ मंसिर, काठमाडौं । राप्रपाले व्यवस्थापिका संसदमा आफ्ना सांसदहरुलाई दौरा सुरुवाल अनिवार्यरुपमा लगाउनुपर्ने नियम लागू गरेको छ । तर, जनजाति र मधेसी सांसदलाई भने दौरासुरुवाल स्वेच्छिक गरिएको छ ।

शुक्रबार बसेको राप्रपा संसदीय दलको बैठकले आफ्नो सांसदहरुलाई दौरा सुरुवाल अनिवार्य गराएको हो । राप्रपा बैठकले पारित गरेको एक पन्ने आचार संहितामा पुरुष सांसदका लागि आफ्नो राष्ट्रिय पोशाक अनिवार्य गरिएको प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरलाई बताए ।

‘पुरुषहरुलाई दौरा सुरुवाल अनिवार्य गरिएको छ र राप्रपाका महिला सांसदज्यूहरुले गुन्यु चोली नलगाई संसदमा जान नपाउने भएका छन्,’ गिरीले भने, ‘तर, मधेसी र जनजाति, मस्लिम समुदायका सांसदहरुले दौरा सुरुवालको साटो आफ्नो जातीय भेषभुषा झल्कने पोशाक लगाएर संसदमा जान पाउँछन्, त्यस्तो पोशाक नलगाउने हो भने दौरासुरुवाल वा गुन्युचोली अनिवार्य लगाउनुपर्नेछ ।’

राष्ट्रिय पोशाकलाई प्रवर्धन गर्न यस्तो आचार संहिता बनाइएको गिरीले बताए ।