कैलालीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कैलालीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला



कैलाली । कैलालीमा एक जना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । जोशीपुर गाउँपालिका- ३ बढिमालिका सामुदायिक वन नजिकै अन्दाजी २५ वर्षिय पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो ।

स्थानियहरुले बेवारिसे अवस्थामा शब देखे पछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । शब हेर्दा करिब ३ दिन अघि मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । शबको पहिचान हुन नसकेको र कसैले हत्या गरेर फालेको वा आफै आत्महत्या गरेको हो भन्ने अहिले नै भन्न नसकिने प्रहरीले जनाएको छ । शबलाई पोस्टमार्टमका लागी भजनी प्राथमिक स्वास्थ्य चौकीमा पठाएको छ ।