संसदको समय खेर फाल्नु जनअभिमतको दुरुपयोग - डा. बाबुराम भट्टराई - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

संसदको समय खेर फाल्नु जनअभिमतको दुरुपयोग – डा. बाबुराम भट्टराई



काठमाडौँ –

सङ्घीय समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको अभिमतको दुरुपयोग भएको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै डा. भट्टराईले जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो संसद् भएकाले कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनमतको कदर नभएको बताएका हुन्। सत्तापक्ष र प्रतिपक्ष दुवै गैह्र जिम्मेवार भएको टिप्पणी समेत उनले गरे।

उनले भने, ‘म गैह्र जिम्मेवार व्यवहार ठान्दछु, म सत्तापक्ष प्रतिपक्ष दुवैको। प्रक्रियागत रूपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमुल्य समय खेर फाल्नु  जनताको अभिमतको दुरुपयोग हो, मचाँहि यसको तीव्र भर्त्सना गर्दछु।’