कानुनको धज्जी उडाउँदै वायुसेवा निगम - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कानुनको धज्जी उडाउँदै वायुसेवा निगम



नेपाल वायुसेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज उडाएर काठमाडौं अवतरण गर्नासाथ प्रहरीले पक्राउ गर्यो ।

उनको साथबाट केहि थान नाडी घडी बरामद भयो । लगत्रै घडी तस्करीको आरोपमा निगमले उनलाई जागरिबाट बर्खास्त गर्यो ।

यो करिव चार दशकअघिको घटना हो ।

त्यस्तै दशकअघि क्याप्टेन कमलकृष श्रेष्ठ दुवईबाट जहाज लिएर काठमाडौं ओलर्नसाथ प्रहरी फन्दामा परे ।

उनको साथमा केहि ग्राम सुन भेटियो । त्यसपछि तस्करीको आरोपमा उनलार्य पनि जागिरबाट बर्खास्त गरियो ।

निगमको ऐनकानुन यथावत छ । तर त्यसवेला पाईलट र एयरहोस्टेसलाई ठाउँको ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिका घटनामा धेरै उदार देखिएको छ ।, आजको नागरिकले यो खबर लेखेको छ ।