आफैले दिएको बयानमा राणाले हस्ताक्षर गर्न मानेनन्, अब के हुन्छ ? - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

आफैले दिएको बयानमा राणाले हस्ताक्षर गर्न मानेनन्, अब के हुन्छ ?



महाभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।

१७४ पेजको बयान पढेर राणालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिब ७ घण्टाको समय लाग्ने समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै विश्वकर्माले सुरुमा प्रधानन्यायाधीश राणाले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको जानकारी दिए । राणाले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको विश्वकर्माको भनाइ छ ।

‘अहिले आएर सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिन भन्नुभयो । पहिला अन्तिममा गर्छु भन्नुभएको थियो । यसो बुझ्दा प्रभोक गरेको जस्तो लाग्यो,’ विश्वकर्माले भने, ‘केही माननीय सदस्यहरूले उहाँलाई सोधौँ न उहाँले नगर्न पनि त सक्नुहुन्छ भनेपछि उहाँले गर्दिनँ भन्नुभयो । उहाँले भनेका सबै कुराहरू हुन् । सबै ठिक छ भन्नुभएको छ, अहिले पढ्दै जाँदा त ।’