बौनिया जेसिजको नवनिर्मित भवन भब्य कार्यक्रम गरि उद्घाटन गरियो - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

बौनिया जेसिजको नवनिर्मित भवन भब्य कार्यक्रम गरि उद्घाटन गरियो



उमेश थापा
लम्कि ,कैलाली ।।
कैलालिको बर्दगोरिया गाउँपालिका वाड नं २ मा  नव निर्मित  बौनिया जेसिज शाखाको  भवन  आज सोमबार  एक भब्य समारोहका  बिच उद्घघाटन गरिएको छ।

संस्थाका  बर्ष  २०१७ का अध्यक्ष  कृष्ण बिष्टको सभापतित्वमा  सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिमा  नेपाल जेसिज बर्ष २०१८ र्राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल  रहनुभएको थियो।

उद्घाटन कार्यक्रममा बौनिया जेसिजका संस्थापक अध्यक्ष लिलाजंग शाही  ,  बौनिया जेसिज बर्ष २०१४ का अध्यक्ष भुमि प्रकाश बम, बौनिया जेसिज बर्ष २०१६ का अध्यक्ष  शिवराज कुवर , बर्दगोरिया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भिक्कु चौधरी , बौनिया जे•टि• स्कुलका प्रीन्सिपल रोशन बोहरा लगाएतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो।

“शासन ब्याक्तिको होइन बिधिको हुनुपर्छ ” भन्ने मुल नाराका साथ स्थापित  नेपाल जेसिजको बौनिया शाखा सन् २०११ मा स्थापना भएको थियो।

प्रमुख  अतिथी रहनुभएका बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले भवनको मुल ढोकामा लगाईएको रिबनलाई बिधिबतरुपमा काटी औपकारिक रुपमा भवनको उद्घाटन  गर्नु भएको हो।

साथै उक्त कार्यक्रममा  नबनिर्मित भवन बनाउनमा आर्थिक  सहयोग गरेको भन्दै संस्थाले बौनिया जेसिजका संस्थापक अध्यक्ष लिलाजंग शाही, पुर्व अध्यक्ष शिवराज कुवर, गणेश प्रसाद भट्ट , भुमिप्रकाश  बम  लगाएत ३० जनालाई प्रमाणपत्र  तथा दोसल्ला सहित सम्मान गरिएको छ।

बौनिया जेसिज बर्ष २०१८ का कार्यकारी  उपाध्यक्ष   हरि अधिकारिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन संस्थाका महासचिव ईन्द्रराज खतिवडाले गर्नुभएको थियो।