बौनिया जेसिजको सातौ अधिबेशन सम्पन्न ,अध्यक्षमा बिस्ट निर्वाचित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बौनिया जेसिजको सातौ अधिबेशन सम्पन्न ,अध्यक्षमा बिस्ट निर्वाचित



उमेश थापा 

बौनिया ,कैलाली ।।  बौनिया जेसिजको सातौ अधिबेशन शनिबार  सम्पन्न  भएको  छ । बौनिया जेसिज बर्ष २०१८ अध्यक्ष  पदका लागि पुर्ब कार्यकारी उपाध्यक्ष जनक बिस्टले ४२ मत प्राप्त गरि  पुर्ब कार्यकारी उपाध्यक्ष  हरि  प्रसाद अधिकारीलाई नौ मतको अन्तरले पछि पार्दै   बौनिया जेसिज  बर्ष २०१८ का लागि अध्यक्ष पदमा  निर्बाचित भएका छन।

त्यस्तै उहाँका निकटतम प्रतिद्वन्दी मानिने  हरि प्रसाद अदिकारिले ३३ मत प्राप्त गर्नुभएको थियो।  जम्मा ८५ जना  मतदाता रहेको बौनिया जेसिजमा ८४ जनाले मतदान गरेकामा  ४ मत बदर भएका थिए ।
त्यस्तै बौनिया जेसिज बर्ष २०१८ का लागि कार्यकारी उपाध्यक्षमा धिरज शाही र लक्ष्मी जोशी तथा चार
उपाध्यक्षमा भुपेन्द्र कुवर , तर्फराज खतिवडा, केशव शाही, लाल बहादुर चौधरी निर्बिरोध भएका छन।

बौनिया जेसिज  बर्ष २०१८ का लागि अध्यक्ष बाहेक अरु सबै पदमा निर्बिरोध  भएका थिए। बौनिया जेसिज बर्ष २०१७ का अध्यक्ष कृष्ण बिस्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी  बौनिया जेसिजका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ  ७ नं प्रदेश सभासद लिला जंग शाही रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा धापासी जेसिजका पुर्ब अध्यक्ष भरत कुमार शाही, बौनिया जेसिज बर्ष २०१५ का अध्यक्ष गणेश भट्ट ,बर्ष २०१६ का अध्यक्ष शिवराज कुवर , रहनुभएको थियो।
त्यस्तै बौनिया जेसिज निर्वाचन संचालनका लागि  बर्ष २०१४ का अध्यक्ष भुमि प्रकाश बम मुख्य निर्बाचन अधिकृत रहनुभएको थियो ।

त्यस्तै आगामी बर्ष २०१८ का लागि  महासचिव ,सचीव ,कोषाध्यक्ष , कानुनी सल्लाहकार , दुई जना अध्यक्ष सल्लाहकार , सदस्यता वृद्धि संयोजक, बाताबरण संयोजक, खेलकुद संयोजक,कोष वृद्धि संयोजक, प्रकरण निर्देशक, तालिम संयोजक सहित २५ सदस्यीय  कार्यसमिती जेसिज  बिधान अनुसार  मनोनित   हुनेभएका छन। १८ बर्ष देखि माथी र ४० बर्ष भन्दा मुनिका फौजदारी मुद्दा  नलागेका  युवाहरुको  नेतृत्व र ब्याक्तित्व बिकासका लागि स्थापना भएको सामाजिक संस्था हो र जेसिजमा एक ब्यक्ति एक कार्यकाल एक पद रहने गर्दछ।