निर्दयी बुवा : आफ्नै छोरीमाथी पटकपटक बलात्कार - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

निर्दयी बुवा : आफ्नै छोरीमाथी पटकपटक बलात्कार



सुखड,कैलाली – कैलालीमा दुई किशोरी माथि आफ्नै बुवाले पटकपटक बलात्कार गरेको खुल्न आएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा आफ्नैै छोरी माथी बुवाले करिब डेढ बर्ष देखि विभिन्न डरत्रास देखाएर पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक समेत रहेका एक ब्यक्तीले आमा बिगत केही वर्ष देखी बैदेशिक रोजगारीमा रहेको मौका छोपेर १४ वर्षकी कान्छी छोरीलाई डेढ वर्ष यता लगातार बलात्कार तथा यौन शोषण गर्दै आएको भन्ने उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाबुले बिगत केही बर्ष देखी कान्छी छोरीलाई बलात्कार तथा जेठी छोरीलाई यौनशोषण गर्दै आएको भएपनि गत असार २९ गते कान्छी छोरी पुनः बलात्कारको सिकार भएपछि भने यो घटना बाहिर आएको स्थानीयहरुले बताएका छन् ।

बालिकाहरुको संरक्षक नहुदा शनिबार मुद्धा दर्ता हुन नसकेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताए । भट्टले घटना पहिल्यै देखि भएपनी आफुहरुलाई शनिबार मात्र थाहा पाएर बालिकाहरुलाई ल्याएको बताए । बालिकाको आफन्तका संरक्षणको जिम्मा नलिदा महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल) ले संरक्षकको जिम्मा लिएको र मुद्धा दर्ता गराएको ओरक नेपालकी कैलाली जिल्ला संयोजक बिनु रानाले जानकारी दिइन् ।

ओरेककी संयोजक रानाका अनुसार, आइतबार जिल्ला प्रहरी कार्यालयमा कान्छी छोरीलाई जबरजस्ती करणी र जेठी छोरीलाई यौन शोषण गरेको भन्दै जाहेरी दर्ता गरिएको छ । बलात्कार गर्ने ब्यक्ती भने घटना भएकै दिन देखी फरार छन । घटना प्रहरीमा आउन तथा मुद्धा दर्ता हुन ढिलाई भएको भएपनि आरोपीको खोजि कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख भट्टले जानकारी दिए । सांकेतिक तस्बिर