पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द



फाइल तस्बिर

भरतपुर : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। गएरातिदेखि लगातार पानी परिरहँदा पहिरो पन्छाउन समस्या भएको उनले बताए।