बतास समूहसँग विवादमा मुछिएपछि आरजुले खोलिन् मुख - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बतास समूहसँग विवादमा मुछिएपछि आरजुले खोलिन् मुख



काठमाडौं- बतास समूहसँग आबद्धता भएको खबर बाहिरिएपछि काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा) ले मुख खोलेकी छन् ।

आरजुको पनि बतास समूहमा संलग्नता रहेको भन्दै विभिन्न संचारमाध्यममा समाचार बाहिरिएका थिए । बतास समूहले आफ्नो आधिकारिक वेवसाइटमा आरजुको नाम राखेको थियो ।

बतास समूहमा संलग्नताले विवादित बनेपछि आरजुले मुख खोलेकी छन् । उनले बतासमा आफ्नो कुनै आबद्धता नरहेको बताएकी छन् । सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उनले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएकी हुन् ।

तर उनले फोटो र नाम किन राखिएको भन्नेबारे केहि बताएकी छैनन् । उनले आफू विभिन्न ६ वटा संस्थामा बाहेक अन्यत्र कतैपनि आबद्ध नभएको दावी गरेकी छिन् ।