बस्तीमा डोजर पस्यो, स्थानीयले गरे प्रतिकार - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बस्तीमा डोजर पस्यो, स्थानीयले गरे प्रतिकार



सुनसरी –सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मुसहर टोलस्थित सुकुम्वासी बस्तीमा प्रहरी र स्थानीयबीच शनिबार झडप भएको छ ।

मुसहर टोलमा सुकुम्वासीका लागि लक्षित गरी बनाइएको सामुदायिक भवन प्रहरीले भत्काउन खोजेपछि स्थानीयले प्रतिकार गर्दा झडप भएको छ ।

जिल्ला अदालत सुनसरीले सार्वजनिक जग्गा खाली गराउन आदेश दिएपछि डोजरको सहायतामा भवन भत्काउन प्रहरी टोली त्यहाँ पुगेको थियो ।

झडपमा परी ३ स्थानीय र ४ सुरक्षाकर्मी घाइते भएका छ्न् । उनीहरूको इटहरीकै सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यक्रममा प्रहरीले साबित्री चौधरी , निर्मला चौधरी, पुरुषेत्तम तामाङ र रज्जे कृषिदेवलाई पक्राउ गरेको छ ।

बाटो नै अवरुद्ध हुने गरी भवन निर्माण गरिएको भन्दै इनरुवा– ३ का दामोदर पोखरेलले जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यसैको सुनुवाइको क्रममा जेठ १४ गते जिल्ला अदालतले भवन भत्काउन आदेश दिएको थियो ।

अदालतले १४ गते नै सार्वजनिक जग्गा खाली गराउने फैसला गरेको भएपनि स्थानीयहरूले अदालतको आदेशको पत्रबिना एक्कासि प्रहरी र उपमहानगरको डोजरले भवन भत्काएको आरोप लगाएका छन् ।