अब एमालेले कुनैपनि वाम दलसँग सहकार्य नगर्ने महेश बस्नेतको घोषणा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

अब एमालेले कुनैपनि वाम दलसँग सहकार्य नगर्ने महेश बस्नेतको घोषणा



नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् ।

पर्वत जिल्लाका विभिन्न पालिकाहरूको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत पुगेका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरू गैह्रकम्युनिष्ट भएकाले ती दलहरूसँग तालमेल नहुने बताए ।

उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा माओवादी केन्द्रसहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको बताए ।