बास्कोटाले भन्छन: भिम रावलले झुट बोले - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बास्कोटाले भन्छन: भिम रावलले झुट बोले



काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भीम रावलले झुट बोलेको बताएका छन् ।

बास्कोटाले रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्ने कुरामा कुनै सत्यता नभएको पनि बताएका छन्।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले यस्तो बताएका हुन्।

उनले भने, ‘बालुवाटारबाट ज्यानमार्ने धक्की आयो भन्ने कुरा तपाईलाई पत्यार लाग्छ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र ?’

मन्त्री बास्कोटाले यदी साँच्चै त्यस्तो धम्की आएको भए यो नम्बरबाट धम्की आयो अथवा यो व्यक्तिले धम्की दियो भनेर भनिदिनु पर्ने बताए।

‘हो प्रधानमन्त्री बहस गर्न रुचाउनु हुन्छ। त्यो मन पर्नसक्छ। मन नपर्न सक्छ। तर ज्यान मार्ने धम्कीमा कुनै सत्यता छँदा पनि छैन। हुँदा पनि हैन’, मन्त्री बास्कोटाले भने।

विचार व्यक्त गर्दा सहमति असहमति भएकै आधारमा कसैलाई ज्यान मार्ने धम्की दिन नमिल्ने उनको भनाइ छ।

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले केही दिनअघि बालुवाटरबाट आफूलाई ज्यान मार्ने धम्की आएकाे बताएका थिए।