बास्कोटालाई बालकोटमा प्रवेश निषेध - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बास्कोटालाई बालकोटमा प्रवेश निषेध



काठमाडौं- पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध गरिने भएको छ।

नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध गरेको हो ।

तरुण दलको सूर्यविनायक नगर समितिले अध्यक्ष उमेश अधिकारीको नेतृत्वमा ‘भ्रस्टाचार’को आरोप लागेका बस्कोटालाई बालकोटमा प्रवेश निषेधको माग राखेर बुधबार प्रदर्शनसमेत गरेको छ।

तरुण नेता तथा कार्यकर्ताहरूले बालकोट क्षेत्रमा गोकुल बास्कोटालाई प्रवेश निषेधभन्दै सडकका विभिन्न स्थानमा ब्यानर समेत राखेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड रुपियाँ कमिशन माग गरेको अडियो रेकर्ड लिक भएपछि गोकुल बास्कोटाले मन्त्री पद गुमाउनु परेको थियो ।