बास्कोटाले घुस काण्डबारे जवाफ दिने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बास्कोटाले घुस काण्डबारे जवाफ दिने



काठमाडौं–७० करोड घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको चौतर्फी बिरोध भैरहेका बेला बास्कोटाले आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

सञ्चार माध्यमहरूले सम्पर्क गर्दा सम्पर्कमा नआएका मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपममै भन्ने बताए ।

उनले बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने पत्रकारसम्मेलनमार्फत नै सार्वजनिक भएको कुराकानीको अडियोका बारेमा जवाफ दिने बताएका हुन् ।